म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली प्रधानमन्त्री हुनु नै देशका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । म्याग्दीको बेनीमा पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई फटाहाको संज्ञा दिँदै उनी प्रधानमन्त्री भइरहे देश सुख नपाउने दाबी गरे ।
“यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो,” प्रचण्डले भने, “तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।”अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमालेका अध्यक्ष ढाँट, छल, जालीझेली र फटाहा भएको पनि बताए ।
‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । स्वर्ग र नर्कका कुरा’, प्रचण्डले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन । पत्रिका छापिइसक्यो फोटो । यो कहिलेको छाप्यो भन्न सक्ने भनेपछि यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त रु’ उनले देशका लागि यो भन्दा ठुलो दुर्भाग्य केही हुन नसक्ने भन्दै वर्तमान गठबन्धन लोकतन्त्रवादी भएको भए कांग्रेस एमालेले पार्टी कमिटीबाट निर्णय समेत नगरी बनेको बताए ।
‘एमालेको केपीले जे भन्यो त्यही मान्ने । एमालेका एक जना र कांगेसका दुई तिनजनालाई मात्र थाहा छ’, उनले कांग्रेस र एमाले मिलेर सरकार बनेजस्तो लाग्ने भएपनि दलाल बिचौलिया र कमिशनखोरहरुले बनाइदिएको दाबी गरे । उनले विनोद चौधरी र रामेश्वर थापाको घरमा राति बैठक बसेर सहमति भएको भन्दै यस्तो अप्राकृतिक सरकारले दलाल र बिचौलियाको इशारामा काम गर्ने भएकाले जनताको पक्षमा नहुने बताए । साथै, आफूले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएकोसमेत बताए ।