पोखरा । नेपाल पुलिस क्लबले आहा(रारा गोल्डकपको २४ औं संस्करणमा विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १– ० गोलले पराजित गरेको हो।
आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लब पुलिसको जितमा उज्ज्वल राईले ३६औं मिनेटमा निर्णायक गोल गरे। पुलिसले पाएको कर्नरलाई उनले सिधै पोष्टको दिशा दिएका थिए। गोल्डकपमा बुधबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मच्छिन्द्र फुटबल क्लबबिच खेल हुनेछ। यसअघि गोल्डकपको उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गरेका थिए।
विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्। मंगलबार सुरु प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी र अफ्रिकन युनाइटेड सहभागी छैनन्। १२ टोलीले यस पटक उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।