पोखरा । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका लागि पोखरामा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख ( उपसभापति ) का लागि अभिमुखीकरण आयोजना गरेको थियो ।प्रशिक्षणमा जिल्ला उपसभापति ( जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका ) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।