काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० आई शृंखलाको दोस्रो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले पहिलो खेलबाट एक परिवर्तन गरेको छ । मिडियम पेस बलर ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरी टिममा आएकी छन् ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डविरुद्ध पहिलो जितको खोजीमा हुने छ ।
नेपालको प्लेइङ ११ मा इन्दु बर्मा ९कप्तान०, रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, कविता जोशी, मनिषा उपाध्याय र ममता चौधरी रहेका छन् ।