काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । शुक्रबार भक्तपुर जिल्ला अदालतले तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् ।
प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो । उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पुर्याएको भन्दै नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो । भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार तामाङ धरौटी बुझाएपछि आजै रिहा हुनेछिन् ।
तामाङले पुल तर्दा पैसा लिनु गलत भएको भन्दै टिकट जलाउनुका साथै सूचना पाटी च्यातेकी थिइन् । तामाङलाई थुनामा राखेपछि सामाजिक सञ्जालदेखि संसदीय समितिसम्म यो विषयले चर्चा पाएको थियो ।आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।