ताप्लेजुङ । केबलकार खारेजीको माग सहित आह्वान गरिएको मेचि राजमार्ग, तमोर करिडोर र तेह्रथुम सहितका नाकाबाट जिल्ला भित्रिने र बाहिरीने यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तिर्थयात्रीहरुको सशस्त्र प्रहरीले माघ १७ गते उद्धार गरेको छ ।
कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङ्ग सहित विभिन्न जिल्लाका ३९ जना तिर्थयात्रीहरु ताप्लेजुङ जिल्लाको फुङलिङ बजारमा अलपत्र अवस्थामा रहेको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङले ईन्सेक संगको समन्वयमा उद्धार गरी पाँचथरतर्फ पठाएको हो।
सो गुल्मबाट मेची राजमार्ग स्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्न आएका तिर्थयात्रीहरुलाई गुल्म परिसरमा सहायता कक्ष स्थापना गरि स्वास्थ्य जाँच समेत गरिएको थियो ।

यसका साथै उनिहरुको लागि गुल्मले खानाको समेत व्यवस्था समेत गरेको थियो । सो पश्चात् गुल्मले विभिन्न सवारि साधनको ब्यबस्था गरि स्कर्टिङ गरेर पांचथरको सदरमुकाम फिदिम बजार सम्म ल्याएको हो ।



