काठमाण्डौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका बारेमा १९ बुँदे धारणा सार्वजनिक गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको बताए ।
उनले भने, ‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो । वार्तामा बस्न आन्दोलन फिर्ता लिन र गिरफ्तार भएकाहरुको रिहा गर्न उनले माग राखेका छन् ।
‘यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफतार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्थ ागर्न माग गर्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’ पाथीभरा क्षेत्रमा केवलकार निर्माण सुरु भएपछि त्यसको विरोधमा गत १२ माघमा प्रदर्शनका भएको थियो । ‘नो केवलकार’ अभियान्ताहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् । सांसद भट्टराईले केवलकार निर्माण हुँदा त्यहाँको धार्मिक पक्षलाई ध्यान दिइने र दिनुपर्ने जोड दिएका छन् ।’