काठमाण्डौं । चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारिएको हो । समाजवादी मोर्चाले आज ९मङ्गलबार० यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको छ। मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञा प्रतिष्ठानमा हुने सभा, शीर्ष नेताहरूबाट हुने सम्बोधन, भीड व्यवस्थापनका निमित्त स्वयंसेवक परिचालन, विभिन्न सञ्चारगृहबाट आउने सञ्चारकर्मीको व्यवस्थापनलगायत कार्यसूची तयार गरेको छ।
मोर्चाको देशभर साङ्गठनिक अवस्था, सबै प्रदेश संरचनाका गतिविधि, हालसम्मका उपलब्धि तथा कमजोरी र आगामी कार्ययोजनाबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सभा आयोजना गरिएको मोर्चाका सदस्यसचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए। समसामयिक राजनीतिक विषयवस्तु, संसद् बोलाउन सरकारले गरेका ढिलासुस्तीलगायत विषयमा समेत मोर्चामा आबद्ध नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।
विसं २०८० असार ४ गते नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन। मोर्चाले करिब ६० जिल्ला तथा ३० स्थानीय तहमा साङ्गठनिक संरचना तयार गरेको जनाएको छ।