काठमाडौं । राष्ट्रपती रामचन्द्र पौडेलले यही माघ १८ गते आव्हान गर्नु भएको संसदको हिउँदे अधिबेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि बोलाइएको छ ।
उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । सभामुख घिमिरेले प्रधानमन्त्रीलाई यसअघि नै भेटीसकेका छन् । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराए , सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् र गदैछन्। हिउँदे अधिबेशनको मिति नजिकिदै गर्दा सत्तापक्ष र प्रतिपक्ष दलका संसदीय दलका बैठकहरु बसीरहेका छन् । संसदमा कसरी प्रस्तुत हुने र के–कस्ता एजेण्डा राख्ने भन्ने बिषयमा दलहरुका बैठक केन्द्रित भईरहेका छन् । यसैबिच सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तापक्ष र बिप्क्षी दलबिच संसदमा जुहारी चल्ने पक्कापक्की जस्तै छ । त्यसैले पनि दलहरु कसरी संसद फेस गर्ने भन्ने तयारी स्वरुप बैठ