काठमाडौँ । काठमाण्डौमा रमष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिति बैठक जारी रहेको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको मौखिक र महामन्त्री डा।धवलशमशेर राणाले पेस गरेको लिखित प्रतिबेदन माथि बृहत छलफल जारी छ । यसैबिच राप्रपाका कोषाध्यक्ष नीलकण्ठ काफ्लेले बैठकमा चालू आर्थिक वर्ष २०८१र०८२ को आय–व्यव विवरण पेस गरेका छन् ।
जारी केन्द्रिय समिति बैठकमा आफ्नो आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाव पेस गरेका छन् । जस अनुसार ६ महिनाको अवधिमा पार्टीका सांसदहरुबाट साढे ३२ लाख रुपैयाँ भन्दा बढी उठाएको छ भने चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले लेभीबापत ३२ लाख ५९ हजार रुपैयाँ उठाएको हो । अहिले पार्टीको खातामा १ करोड ३६ लाख २ हजार १९२ रुपैया मौज्दात रहेको छ । कुल आम्दानी १ करोड ९० लाख ६९ हजार ८९२ रुपैयाँ रहेकोमा सबै खर्च कटाएर सो रकम बैंकमा मौज्दात रहेको कोषाध्यक्ष काफ्लेले जानकारी गराए ।
आर्थिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएको बैंक मौज्दात १ करोड ३५ लाख २० हजार ८७५ रुपैयाँ थियो भने सांसदको लेभी बापत १६ लाख ८० हजार, प्रदेश सांसदको लेभी १५ लाख ७९ हजार, पार्टी लेभीबाट ४ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । यस्तै सक्रिय सदस्यता शुल्कबापत ८ लाख ८९ हजार ९५०, पशुपति शमशेरबाट सहयोग ५ लाख, सोभित उप्रेतीबाट २ लाख रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ ।
जसअनुसार संघीय सांसदबाट १८ लाख ८० हजार रुपैयाँ लेभी उठाइएको छ भने प्रदेश सांसदबाट १५ लाख ७९ हजार रुपैयाँ उठाइएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । यसैबीच राप्रपाको बैठक लम्बिने भएको छ । शनिबार नै सक्ने भनिएको बैठक सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले आइतबार पनि जारी रहने अध्यक्ष लिङ्देनले बैठक हललाई बताएका छन् ।
यसबाहेक बैंक ब्याज र विभिन्न व्यक्तिबाट केही सहयोग पनि प्राप्त हुँदा खर्चतर्फ सचिवलयको काममा ११ लाख ८६ हजार २२०, भवन मर्मत ८ लाख ६० हजार ५८५, स्थानीय तह उपनिर्वाचनमा ११ लाख १८ हजार ७४० रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक पार्टी प्रवेश कार्यक्रम, प्रशिक्षण, पानी फिल्टर, विभिन्न शीर्षकहरुमा पनि गरेर कुल ५४ लाख ६७ हजार ७०० रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखाइएको छ ।