काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै एपिएफ बिजेता बनेको हो । साविक विजेता समेत रहेको एपीएफले सजिलै सुदुरपश्चिमलाई हराएर उपाधि चुमेको हो ।
सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका लागि ममता चौधरी र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।
एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् । एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो ।
एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न कविता जैसीले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १८ रन खर्चिइन्। सबनम राई र इन्दु बर्माले समान दुई विकेट लिइन्। करुणा भण्डारीको नाममा एक विकेट रह्यो।