काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा।भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् ।वरिपरी सुकुम्बासी बस्ती रहेको र बीचमा लगेर ओलीले बेकामे भ्यू–टावर बनाएको बताएका छन् ।
दैलेखको राकममा सुदुरपश्चिम एकता सेवा समाजद्धारा आयोजित कार्यक्रममा रावलले कुखुराको छाती भएको मान्छेले देश हाक्न नसक्ने बताएका छन् । आजको कार्यक्रममा कार्यकर्तालाई नजानु भनेर उर्दी जारी गर्नेलाई के भन्ने ? आफ्नो निर्वाचन क्षेत्रमा कतै ४ अर्ब, कतै ५ अर्ब हाल्ने ओलीले कर्णाली राजमार्गमा एक सुक्कको पैसा किन हालेनन् भनेर प्रश्न समेत गरे । ओलीले सबैतिर बजेट दुरुपयोग गरेकोमा छानबीन गर्नुपर्ने माग समेत गरे ।
माथिल्लो कर्णाली आयोजना दैलेख र अछामकोबिचमा पर्छ । तर त्यो आयोजना अझैसम्म १६ बर्षभईसक्दा पनि बन्न दिईएन् । जिएमआरले आयोजना साढे ४ बर्षमा बनाउनु पर्ने शर्त थियो तर त्यो कहाँ गयो । उनले अब एमाले बामाले भईसकेको बताए । उनले बामाले भनेको बाको मात्र नाम लेउ भनेर बामालेको परिभाषा समेत दिए ।
साथै, प्रधानमन्त्री ओलीले अध्यादेशबाट कानुन संशोधन गरेर निरङ्कुशताको भद्दारुप प्रदर्शन गरेको आरोप लगाए । अध्यादेशबाट कानुन संशोधन गरेर २० प्रतिशतभन्दा बढी नाफा लिन नमिल्ने कानुनमा जति नाफा लिएपनि हुनेगरी संशोधन गरेरको बताए । प्रधानमन्त्री ओलीले मार्क्सवाद चपाएर खाइसकेको दाबी गरे । ‘मार्क्सवाद, लेलिनवाद त उहाँले चपाएर थुकिसक्नुभयो, उनले भने ।
साथै, आफूमाथि राजावादीको आरोप लाग्ने भएपछि प्रधानमन्त्री ओलीले उल्टै ‘भीम रावल राजावादी भयो’ भनेर प्रचार गरेको दाबी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गत निर्वाचनमा साँठगाँठ गरेको नबिर्सन उनले चेतावनी दिए । एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै रावलले अब बामालेहरुले सुदूरपश्चिमबाट जित्ने सपना नदेखे पनि हुने बताए । एमालेको चुनाव चिन्हमा अहिले ग्रहण लागेर कालो भइसकेको टिप्पणी गरे । ओलीको मिसन ०८४ अब पतन हुने उनको दाबी छ ।