काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बललाई संयुक्त राष्ट्र संघ ९यूएन० को शान्ति मिसन थप गर्न पहल भइरहेको बताएका छन् । २४ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्रको प्रधान कार्यालय हल्चोकमा आयोजित बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री लेखकले शान्ति मिसनमा सशस्त्र प्रहरीको संख्या थप गर्नेबारे पहल भइरहेको बताए । उनले सशस्त्र प्रहरीले १६ वर्षमा अवकाश पाउने विषय कानुनमा समावेश गरिएको बताएका छन् ।
‘अघिल्लो पटक मालीको शान्ति मिसनमा जान ठिक्क परेको सशस्त्र प्रहरी विविध कारण यूएनले मिसन कटौती गरेपछि रोकिएको थियो । यसबारे फेरि थप पहल भइरहेको छ । राष्ट्र संघका पदाधिकारीको भेटमा यसमा विषयमा मैले कुरा समेत उठाएको थिएँ । सकारात्मक प्रयास भएको छ,’ मन्त्री लेखकले भने ।
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालको २४औँ वार्षिकोत्सवको अवसरमा चुनौतीको समयमा महत्वपूर्ण जिम्मेवारीसहित स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले मुलुकको शान्ति स्थापना, आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायत सामाजिक सेवामा समेत उत्कृष्ट योगदान दिएको बताउनुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको ईमान्दारिता र बलिदानको प्रशंसा गर्नुभयो ।
मन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आईपरेका कठिनाई र चुनौतीपूर्ण परिस्थितीमा समेत कत्तिपनि विचल्लीत नभई देश र जनताको सेवामा निरन्तर खटिई आफुलाई प्राप्त जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको बताउनुहुँदै सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक सुदृढीकरणमा देखा परेको समस्या नै राजश्व चुहावट र तस्करी भएको हुँदा यसलाई रोकथाम र समाधान गर्न सशस्त्र प्रहरी बल नेपालले देखाएको महत्वपूर्ण भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै संगठनको विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बोर्डर आउट पोष्टहरु समेत थप गर्न गृहमन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कुनैपनि कर्मचारीले आचारसंहिता उलंघन, गैर कानुनी कार्य तथा गतिविधिमा संलग्न नहुनुको साथै जिम्मेवारीबाट विमुख हुने कार्य नगरेको र भविष्यमा समेत नगर्ने बताउनुहुँदै संगठनको मर्यादा र जनताको विश्वासलाई कायम राख्दै मानवअधिकारको उच्च सम्मानकासाथ कार्य गर्न निर्देशन दिनुभयो ।
उहाँले संगठनमा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरु इमान्दारितापूर्वक कार्य क्षेत्रमा खटिईदा आईपरेका जस्तोसुकै समस्या र चुनौतीहरुको सामना गर्दा नेपाल सरकार तथा गृहमन्त्रालयले सदैव अभिभावकत्व प्रदान गर्ने बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालको क्षमता बृद्धि, प्रविधिको विस्तार, जनशक्तिको व्यवस्थापन र सुविधामा संगठनलाई थप प्रभावकारी रुपमा विकास गर्न र आवश्यक पर्ने सबै विषयहरुमा आफु सदैव प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
गृहमन्त्री लेखकले उद्वार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक श्रोतसाधन तथा आधुनिक उपकरणको व्यवस्थापनमा मन्त्रालयले थप प्रयत्न गरिरहेको तथा सशस्त्र प्रहरी बल नेपाल मातहत स्थापना गर्न लागेको फायर फाईटिङ्ग स्कुल सम्बन्धी प्रस्ताव अगाडी बढाईएको चर्चा गर्नुहुँदै डिजास्टर भोलेयन्टियरको अवधारणालाई समेत मन्त्रालयले सकारात्मक रुपमा लिएको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवादको क्रममा संगठनलाई डो¥याउन अग्रजहरुले देखाएको त्याग, बलिदान र समर्पणको उच्च प्रशंसा गर्नुहुँदै कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व। कृष्णमोहत श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै कर्तव्यपालनको शिलशिलामा घाइते भई उपचाररत सकल दर्जाका राष्ट्रसेवकको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उहाँले स्थापनाको २५ औं बर्षमा आफ्ना नविन पाइलाहरु पदार्पण गरिरहँदा संगठनले राष्ट्रिय जीवनमा आइपरेका विभिन्न घटनाक्रम तथा चुनौतीहरुमा उच्च पराक्रम, अदम्य साहस, सौर्य र वीरता प्रस्तुत गर्दै आईरहेको उल्लेख गर्नुहुँदै भविष्यमा समेत देश र देशवासीलाई सर्वोपरी ठानी नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार रुप दिई सुशासन तथा तिब्र आर्थिक बृद्धिको लक्ष्य पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्ध रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिकको अपेक्षा अनुरुपको सुरक्षा हाम्रो सरोकारको रुपमा ग्रहण गरी राज्यको जिम्मेवार, भरोसा योग्य र व्यावसायीक सुरक्षा निकायको रुपमा जनमानसमा स्थान सुरक्षित गर्न सफल भएको विश्वास व्यक्त गर्नुहुँदै सीमा सुरक्षाको अभेद्य पर्खालको रुपमा संगठनले तराईमा झापाको केचनाकवलको उष्णतादेखि सगरमाथाको चुचुरो हिमालको शुष्कतासम्म सबै भूगोलमा अर्थपूर्ण उपस्थिती जनाई नागरिकको उद्धारमा क्रियाशील रहि उद्धारका हातहरुलाई भूकम्प, बाढी पहिरो, आगलागी, महामारी तथा दुर्घटना जस्ता प्राकृतिक तथा गैह्रप्राकृतिक विपद्का घटनाहरुसम्म पु¥याउन हरदम तत्पर रहेको बताउनुभयो ।
राज्य तथा नागरिकको सुरक्षा कुनै व्यक्ति वा एकल संस्थाको प्रयासबाट मात्र नहुने हुँदा अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयकासाथ राज्यप्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक वहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश निर्देशनहरु लाई अक्षरश पालना गरी सेवाप्रतिको निष्ठाभावका साथ सकल दर्जा परिचालित भईरहेको बताउनुहुँदै सुरक्षा समन्वयमा अन्य सुरक्षा निकायहरुले प्रदर्शन गरेको बन्धुत्व र भातृत्वभावको सरहाना गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालका जवानहरुले जागिर हैन सेवा गर्नुपर्छ भन्ने भावनाका साथ काम गरिरहेका छन् भन्नुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो–‘जागिर खाएर तलब बुभ्mने ध्यानमा होइन सेवा गरेर नागरिकको मन मष्तिस्क जित्ने अभियानमा हामी लाग्नु पर्छ’ भन्ने ध्येयका साथ सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई सीमा ईलाकाका जनतासँग रचनात्मक तथा भावनात्मक रुपमा जोडिन ६१ वटा स्वास्थ्य शिविर, ७ सय २७ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम प्रदान तथा ५ सय १४ जना लाभान्वित हुने गरी सीपमूलक तालिम संचालन तथा ५३ वटा शिघ्र असर आयोजना जस्ता कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपालमा देखिएको मुख्य सुरक्षा चुनौतीहरु मध्ये लागूऔषधको अवैध प्रयोग तथा कारोबार एक हो र सीमा क्षेत्रमा यसको प्रयोग अझ बढी पाइएकोले लागूऔषध, सीमा र युवा लक्षित ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध दुव्र्यसनीसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, समुदायका विद्यालयहरुमा सचेतनामूलक कक्षा संचालन, सडक नाटक, निबन्ध, कविता तथा वक्तित्वकला प्रतियोगिता, भारतीय सशस्त्र सीमा बलसँग समन्वयात्मक बैठक र सीमा नाकाहरुमा लागूऔषध सम्बन्धी कानूनी व्यवस्था उल्लेख गरिएको सूचनामूलक बोर्ड राख्नुको साथै सचेतनामूलक रेडियो कार्यक्रम समेत संचालन गरिएको बताउनुभयो ।