अछाम । नेकपा एमालेबाट निस्कासित डा( भीम रावलको जिल्ला अछाममा एक हजार एकसय भन्दा बढी नेता कार्यकर्ता मातृभूमि जागरण अभियानमा रावलकै पछि लागेका छन्। मंगलबार साँफेबगरमा पत्रकार सम्मेलन गर्दै एमालेका नेताहरुले रावलको जागरण अभियानमा समाहित भएको घोषणा गरेका हुन्।
अभियानमा समाहित हुनेमा एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य समेत ७,केन्द्रीय विभाग २,जिल्ला कमिटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय प्रतिनिधि परिषद १,जिल्ला कमिटी सदस्य १७,जिल्ला कमिटी सदस्य १७,पूर्व जिल्ला कमिटी सदस्यहरु ३, जिल्ला सल्लाहाकार सदस्य ३,साँफेबगर नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्यहरु १२,अनेम संघ कार्यवाहक अध्यक्ष १, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु ८,साँफेबगरका वडा कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु २२,संगठित सदस्यहरु ६३७,अन्य पार्टीबाट ५,नेकपा एमालेका समर्थन ३५३ गरि १ हजार ८६ जना रहेका छन्।
नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेपछि कार्यकर्तामा वितृष्णा बढेको छ। नेता रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो झट्का लागेको छ।नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व गर्दै संगठन निर्माणमा लागेका छन्।
समर्थकहरूमा प्रदेश कमिटी, विभागीय, केन्द्रीय विभाग, जिल्ला कमिटी सचिवालय, प्रवास प्रतिनिधि, जिल्ला सल्लाहकार, नगर तथा वडा कमिटी पदाधिकारी, अनेम संघ, र जनवर्गीय संगठनका पदाधिकारीहरू समेत समावेश छन्। गृहजिल्ला अछाममा रहेका रावलले जिल्लाभर बिभिन्न कार्यक्रमहरु आयोजना गरीरहेका छन् ।