काठमाण्डौं । खो खोको उपविजेता महिला र पुरुष दुवै टीम स्वदेश फर्किएका छन् । फाईनल खेलमा भारतसँग पराजित भई उपबिजेतामा चित्त बुझाउनु परेको थियो । उपबिजेता भई स्वदेश फिर्ता भएको टोलीलाई भब्य स्वागत गरीएको हो ।
राष्ट्रिय खेलकुद परिषद् लगायतका निकाय र संघसंस्थाले उनीहरूलाई स्वागत गरे । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य(सचिव टंकलाल घिसिङ, , युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो ।
आइतबार भारतमा भएको फाइनल खेलमा नेपाली दुवै टोली आयोजक भारतसँग पराजित भएका थिए । नेपाली टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्किएको हो । कुनै पनि खेलमा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।
हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । आइतबार भएको फाइनल खेलमा भने नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भयो।