काठमाण्डौं । विपक्षी दलहरूले सरकालाई तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरेका छन्हिन् । हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलको चेतावनी छ।
शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले ५ बुँदे वक्तव्य सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कावा सभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सह–अध्यक्ष तिलक थापामगर र नेसपाका अध्यक्ष महेन्द्रराय यादवले सो विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।