काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति कार्यालयले एक बिज्ञप्ती जारी गर्दै संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरे अनुसार विभिन्न चारवटा विधेयक यही सोमबार जारी गरेका थिए । तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्ययन गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् ।
यसअघि सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन०, अध्यादेश २०८१’, निजीकरण ९पहिलो संशोधन०, अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरिएको थियो ।
राष्ट्रपतिले भूमी सम्वन्धि अध्यादेश रोकेसँगै सरकारका मन्त्रीहरु र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रपतीलाई फोन गरेका थिए । यो अध्यादेश आएसँगै केही बिरोध समेत भएको छ ।