काठमाण्डौं । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर ( पहिलो वर्ग ) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ ।
यसैगरी प्रतिलिटर १५० रुपैयाँ ५० पैसा ( पहिलो वर्ग) पर्ने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अनुसार १५२ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ र तेस्रो वर्ग अनुसार १५३ रुपैयाँ पर्ने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पर्नेछ ।नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।