काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो ।भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल ९सैनिक कानुन० प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन् ।यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो । तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् ।
यो विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ । उनले चालेको कदमको विषयमा सोधपुछ गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतबाट पक्राउ पुर्जी लिएका थिए ।
पक्राउको विरोधमा उनका समर्थकहरुको ठूलो भिड जम्मा भएको थियो । पक्राउ परेपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन् । तर रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको उनले बताएका छन् । युन सुक(योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए, तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए।
पक्राउ परेका राष्ट्रपति युन सुक(येओलले एक भिडियो वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन्। आफ्नो सन्देशमा उनले भने, यो अवैध अनुसन्धान भए पनि मैले कार्यालयमा उपस्थित हुने निर्णय गरें। रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ।उनले भने, यद्यपि, यसको अर्थ यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु।