काठमाण्डौं । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक ९ एसपी ० बरिष्ठ प्रहरी उपरीक्षक ९ एसएसपी ० मा बढुवा सिफारिस भएका छन् । यसअघि रिक्त पदमा बढुवाका लागि आन्तरिक रुपमा परीक्षा लिइएको थियो ।
परीक्षामा रमेश थापाले सबैभन्दा धेरै अङ्क ल्याएको समितिले जनाएको छ । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।
त्यस्तै एसपी अजय केसी दोस्रो र अनुपम शम्शेर जबरा तेस्रो नम्बरमा छन् । बढुवा हुने सबैले १०० पूर्णाङ्कमा ८१ भन्दा धेरै अङ्क ल्याएका छन् । त्यसपछि क्रमशः बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल पनि बढुवा सिफारिसमा परेका छन् ।