काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष ओलीको राजनीतिक र महासचिव पोखरेलको सांगठनिक प्रस्ताब माथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
आज दिनभर केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् भने त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।