काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त धारणा राखेका थिए । छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ ।
विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिन्थ्यो । तर यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ । आइतबार धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक पुस २४ गतेसम्म चल्नेछ ।