काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाउन नेताहरूलाई निर्देशन दिएको छ । आजबाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पस् आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिईएको हो ।
‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सवै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ’, प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।
प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए । प्रचण्डले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा १र१ महिने अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।