काठमाण्डौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का
आकाशमा तारा खस्दै गरेको देखियो भने मनले चिताएको कुरा हुन्छ भन्ने परम्परागत मान्यता छ। त्यसमा विश्वास गरे पनि वा त्यसलाई अन्धविश्वास ठाने पनि त्यस्तो खगोलीय घटना देख्न पाउनु सुखद अवसर हो।
सन् २०२५ को पहिलो उल्कावर्षा यही साता उत्कर्षमा पुग्न लागेको छ। क्वाड्र्यान्टिड्स नाम दिइएको यो उल्कावर्षा ज्यानुअरी ३ र ४ को राति ( शुक्रवार र शनिवार) खाली आँखाले नै देखिने छ। डिसेम्बर २८ मा सुरु भएको उल्कावर्ष ज्यानुअरी १२ सम्म जारी रहने छ।इन्टरन्याश्नल मीटिओर अगर्नाइजेशन ( आईएमओ) का अनुसार यो उल्कावर्षा यो वर्षकै सर्वोत्कृष्ट हुन सक्छ।
उल्कावर्षा उत्कर्षमा पुगेको समयमा अवलोकन गर्ने राम्रो अवस्थामा भएमा एक घण्टामा १२० वटाजति आगोका चम्किला गोला खसेको देखिने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। त्यस क्रममा उल्काबाट उत्सर्जित कणहरू पृथ्वीको वायुमण्डलमा ४० किलोमिटर प्रतिसेकन्डको गतिमा प्रवेश गर्ने छन्। अठारौँ शताब्दी सकिनै लाग्दा ताराहरूको एउटा समूहलाई नक्षत्र मानेर क्वाड्र्यान्स म्यूरालिसु नामकरण गरिएको थियो। त्यही तारामण्डलका आधारमा उल्कावर्षाको नाम क्वाड्र्यान्टिड्सु राखिएको हो।
यो उल्कावर्षा पहिलो पटक इटलीका खगोलविद् आन्टोनिओ ब्रुकालास्सीले सन् १८२५ मा पत्ता लगाएको ठानिन्छ। उनले आकाशको त्यो भागबाट चम्किला उल्काहरू निस्किएको देखेका थिए। खसेका तारा भनिने कैयौँ जाज्वल्यमान् वस्तुहरूले वायुमण्डल पार गरेका थिए, उनले टिपोट गरे।
अधिकांश उल्कावर्षा बरफ र धुलोबाट बनेका धूमकेतु वा पुच्छ्रेताराबाट उत्पन्न हुन्छ। तर ुक्वाड्र्यान्टिडु चाहिँ चट्टानयुक्त क्षुद्रग्रहका अवशेषहरूका कारण उत्पन्न हुने थोरै उल्कावर्षामध्ये पर्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।