काठमाण्डौं । नेकपा एमालेबाट निस्कासनमा परेका नेता डा भीम रावलले एमोललाई फेरि जवाफ फर्काएका छन् । उनले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई प्रचण्डले बोलका कुराहरूको फोटोकपी भनेको बारे टिप्पणी गरेका छन्।
नेकपा एमाले र भिम रावलबिचको वाकयुद्ध झन् झन् बढ्दै छ । नेकपा एमालले निष्कासित गरेको केही दिनमा पत्रकार सम्मेलन गरेर रावलले करीव २ घण्टा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए । त्यसको अर्को दिन एमाले सचिवालय बैठकले रावलको बोलीलाई प्रचण्डले बोल्ने कुराको फोटोकपी भएको भनी खण्डन गरेको थियो । फेरी रावलले आज सामाजिक संजाल मार्फत उक्त कुराको खण्डन गरेका छन् ।
एमालेले नेता रावलको आरोप नेकपाकालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ गरेको दाबी गरेको थियो। त्यसको जवाफ फर्काउँदै रावलले भनेका छन्, देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य संगत कुराहरू प्रचण्डले बोलका कुराहरूको फोटोकपी रे१ केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचनपछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरि प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरुको चर्चा प्रचण्डको आरोपको फोटोकपी नै हुन् र ?
२०६२/ ६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससँग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको बाहक र पृष्ठपोष रहेको अकाट्य तथ्य रहेको दाबी गरे। उनले थपेका छन्, अकाट्य तथ्य हुँदा हुँदाहुँदै दक्षिण पन्थीको नाइके’ भीम रावल रे आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्ट तरिका ?
उनले एमालेलाई बामालेको संज्ञा दिँदै भनेका छन्, ‘काम्लो ओढेर घिउ खाने’ कतिपयका ’काम्ला’ उध्री सकेका छन्, कंहीका ’काम्ला’ टाल्ने दुस्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै भीम रावलले काम्लो ओढेर घिउ खाएको’ रे रु उनले आफ्नाविरुद्ध एमालेको कृप्रचारले सत्य–तथ्य नछोपिने जिकिर गरेका छन्।
रावलले थपेका छन्, ‘भीम रावलले यो पद उ पद ’पाएको’ ले सत्य–तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे१ अरुले ९त्यसमध्ये कति बदनाम र अयोग्य० अनेकौं पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे ? उनले एमालेले आफूविरुद्ध झुटा र तथ्यहीन कुराहरुको आधारमा प्रहार गरिरहेको भन्दै आफूले तथ्यको आधारमा सोधेका प्रश्नहरुलाई गालिगलौज भनेकोप्रति पनि आपत्ति जनाए।
एमाले सचिवालय बैठकले संगठित सदस्यता खोसेलगत्तै रावलले गत बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ७४ वटा आरोप लगाएका थिए । सो आरोप बिहीबार बसेको एमाले सचिवालय बैठकले खण्डन गरेको थियो । एमाले सचिवालय बैठकले रावलले लगाएको आरोप ०७७ सालमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कपी पेस्ट भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गरेका थिए । ज्ञवालीको उक्त टिप्पणीप्रति जवाफ फर्काउँदै रावलले आज झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य नछोपिने दाबी गरेका छन् ।