काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले ज्यादती गरेको र आफूहरूलाई पेसाबाट विस्थापित गर्न खोजिएको आरोप लगाउँदै कवाड व्यवसायीहरू आन्दोलित भएका छन् ।
महानगरभित्रका कवाडी गोदामहरू हटाउने निर्णयको विरोधमा अदालत गएका व्यवसायीहरूले मुद्दा जितेपछि पनि महानगरले काम गर्न नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
आइतबार काठमाडौं महानगर घेर्न जुलुससहित पुगेका व्यवसायीहरूलाई प्रहरीले पुतलीसडकको कमलादी मोडमै रोकेको थियोउनीहरू महानगर प्रमुख बालेन शाहलाई पत्र बुझाउन जान खोजेका थिए । तर, महानगर प्रवेश गर्न नदिएपछि उनीहरूले कमलादी मोडमै बालेनविरुद्ध चर्को नाराबाजी गरे ।
प्रभु शाहको आम जनता पार्टीको दोस्रो स्थापना दिवसमा सहभागी भएर जुलुसमा आएका व्यवसायीहरूलाई महानगरले पेसागत स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप छ । व्यवसायीहरूले महानगरको यो कदमले आफूहरूको जीविकोपार्जनमा गम्भीर असर परेको गुनासो गरेका छन् ।