काठमाण्डौं । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, वडा नं. ६ बौद्धबीच काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्ध क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी(पत्रमा हस्ताक्षर भएको छ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्धका वडा अध्यक्ष भुवन लामाले रु।१,२६,९००००। ( अक्षरेपी एक करोड छब्बीस लाख नब्बे हजार मात्र) रकमको सिसिटिभी जडान गर्ने उक्त समझदारी(पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी(पत्र आदान प्रदान समेत गर्नुभयो ।
सो कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्धसँग सहकार्य गर्दै जाने बताउनुभयो ।
काठमाण्डौ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता(पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता(पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ध्रुर्बराज राउत, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ महानगरपालिका, वडा नम्बर ६ बौद्धका पदाधिकारीहरू एवम् प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।