पोखरा । सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलको आरोपमा पक्र्राउ परेकी एमालेकी नेतृ एवं गण्डकी प्रदेश सभाकी पूर्व सदस्य मीना गुरुङलाई आज जिल्ला अदालत कास्कीमा पेश गरीदै छ । एमालेको मजदुर संगठन जिफन्टमा लामो समय काम गरेकी पोखरा–१२ रानीपौवा निवासी ६३ वर्षीया गुरुरू प्रहरीको फरार सूचीमा थिइन् । जिफन्टका पूर्वउपाध्यक्ष समेत रहेकी उनलाई निवासबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिने कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । पक्राउ परेकी उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ । सहकारीको ठगी सम्बन्धमा आइतबार आभियोग पत्र दर्ता भएका ४४ जनामध्ये एमाले नेतृ गुरुङ समेत थिइन् । सूर्यदर्शन सहकारी स्थापना कालमा तत्कालिन तर्दथ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी गुरुङ ०७४ सालमा गण्डकी प्रदेश सभामा समानुपातिकबाट सांसद बनेकी थिइन् ।
०७९ को निर्वाचनमा भने उनी कास्की २ ख बाट पराजित भएकी थिइन । यही प्रकरणमा रास्वपा अध्यक्ष रबि लामिछाने पक्राउ परीसकेका छन् भने उनको संसद पद पनि निलम्बन भईसकेको छ । अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न निवि राई लगायतका प्रतिबादी फरार रहेका छन् ।