काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० नेपालमा प्रविधि क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको जनाएको छ । जापानको औपचारिक विकास सहायता ९ओडीए० अन्तर्गत प्रदान गर्ने सहयोगको कार्यान्वयन गर्ने निकाय जाइकाले नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न बाटो खोजिरहेको जनाएको हो ।
जाइकाका सिनियर रिप्रेजेन्टेटिभ केनीचिरो इजुकाले जापान नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताए । ‘हामी नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न इच्छुक छौँ,’ पत्रकार भेटका क्रममा उनले भने, ‘जस्तैस ई–स्पोर्टस्, शैक्षिक प्रविधि, कृषि प्रविधि, जलवायु परिवर्तन, कार्बन समस्यालगायत विषयमा हामी नेपालमा काम गर्न सकिन्छ भनेर हेरिरहेका छौँ ।’
नेपाल र जापानबीच सन् १९५६ सालमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सम्बन्ध स्थापनादेखि जापानले नेपालको दिगो तथा समतामूलक आर्थिक विकासका लागि जाइकामार्फत काम गरिरहेको उनले बताए । ‘जाइकाले नेपालमा पूर्वाधार, शिक्षा, कृषिलगायत क्षेत्रमा काम गर्दैछ,’ उनले भने, ‘अहिलेको नागढुंगा सुरुङमार्ग पनि जाइकाको सहयोगमा निर्माण भइरहेको हो ।’ नेपालको पूर्वाधार विकास र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा जाइकाले काम गरिरहेको उनको भनाइ छ ।