काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको पारिवारि स्रोतले जनाएको छ । २०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन । उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ।काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।
काठमाडौंको पहिलो मेयर सिंहको सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । विक्रम संवत २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु पूर्व सिंह काठमाडौंका प्रमुख थिए ।