काठमाण्डौं । किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा जारी एनपिएलमा जनकपुरविरुद्ध चितवनले जित हात पारेको छ । यो जितसँगै चितवन राईनोज प्लेअफमा पुगेको छ । जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ । ७ खेल खेलको जनकपुरले ५ खेलमा जित र दुई खेलमा हार ब्यहोरे पनि अझै अंक तालिकाको सहित शीर्ष स्थानमा छ । ५ खेलमा ८ अंकसहित सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा, समान ८ अंकसहित चितवन तेस्रो रकर्णाली चौथो स्थानमा पुगेको छ ।
चितवनले लिग चरणको अन्तिम खेलमा जनकपुरलाई पराजित गर्दै प्लेअफमा पुगेको छ । । हालसम्म लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएका छन् ।
विराटनगर र पोखरा समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौं र सातौं स्थानमा छन् । औपचारीकताका लागि दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्ने छन् । तर, टीयु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरलाई चितवनले पराजय गरेसँगै पोखरा र विराटनगर औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिएका छन् ।
यो खेलमा जित निकालेमा चितवनको ८ अंक हुन जान्छ । तर, विराटनगर र पोखराको एक खेल खेल्न बाकी हुँदा समान ४ अंक छ । लिग चरणको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ पुग्न सक्दैन । त्यसो हुँदा चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् । यता सुदुरपश्चिमले अझै दुई खेल खेल्न बाँकी छ ।