बेइजिङ । चीनका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर कृष्ण प्रसाद ओलीले राष्ट्रपति सि चिनफिङसँग ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
बेइजिङको ग्रेट हल अफ दि पिपलमा आयोजित समारोहमा ओलीले प्रमाणपत्र बुझाएका हुन् ।
नेपालसहित २९ देशका राजदूतले ओहोदाको प्रमाणपत्र आजै सि लाई बुझाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
समारोहमा सिले सबै राजदूतलाई बधाई दिएर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।