काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल ) मा आज पनि दुईवटा खेल हुँदै छन् । आजको तालिका अनुसार पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुँदैछ । यो खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ । अंक तालिकामा सातौ स्थानको पोखरा र आठौं स्थानमा रहेका विराटनगर किंग्सबीच हुने खेलको विजेता बन्ने टोलीले प्लेअफको सम्भावना कायम राख्दा पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिने दोस्रो टोली बन्नेछ ।
यसअघि लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो । आजको दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले अनिलकुमार शाहको नेतृत्वमा रहेको टोली जनकपुर बोल्ट्सको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पाँच खेल चार जित र एक हारसहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।
चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउन चाहान्छ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।