काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परिक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले कैलास खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्धितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन् । महाधिवेशनको बन्द सत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षणको गुणस्तरीयलाई सुनिश्चित गर्न गन्तब्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परिक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यबिधिलाई पुर्ण रुपमा पालना गर्ने निर्णय गरेको छ ।
बन्द सत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि विशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाब दिएको छ । महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताए ।
‘श्रमिकको गुणस्तरीय स्वास्थ्य परिक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार छ,’ उनले भने सरकारबाट सुचीकृत भएका स्वास्थ्य संस्थाहरू ९सम्बन्धीत देश मार्फत छनौट भएका तथा नभएका०लाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरि सवै देशको लागि एकरुपता वनाउन सरकारले एकद्धार प्रणाली बनाइनेछ ।’
नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय वनाउने अभियान जारी रहेको बताए । ‘महासंघको सदस्य बनेको सवै स्वास्थ्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पुर्ण रुपमा अनुशरण गर्दै आइरहेको विदितै छ । समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुदै आएको हो,’ उनले भने,‘कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट छैन । हामी हाम्रो ब्यवसायिक आचारसहितालाई उच्च मनोवलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी राख्दैनौं ।’ अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरुले काही कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे ।
‘अहिले मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताबाटै पहिलो पहिनाको तलवमा सोधभर्ना भइरहेको छ । मलेसिया र नेपालको स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दा मेडिकल फेल भएर फर्किने सख्या लगभग छैन । कहिले काही मात्रै देखिन्छ ।’ उनले भने,‘यो अभ्यासलाई अझै सतप्रतिशत बनाउनेछौं । दुई देशबीचको सम्झौतालाई प्रभावकारी बनाउने भुमिका खेल्नेछौं ।’ त्यस्तै गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परिक्षण गरेको भन्दै सनराइज डाइनोष्टिकका सञ्चालक बेलबहादुर श्रेष्ठ र चेतना स्वास्थ्य केन्द्रका सञ्चालक चन्द्रमा राईलाई प्रंशसा पत्र हस्तान्तरण गरिएको थियो ।