काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाभित्र स)चालनमा रहेका धेरै जसो मम पसल र रेष्टुरेन्टहरुमा सरसफाई नदेखिएको निक्ष्कर्ष निकालीएको छ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन गरिरहेको छ ।
महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गत कार्तिक २९ गतेदेखि सुनधारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो । सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा ९८८।२४५० मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा ९७७।६५५० प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा ९२१।१८५० व्यवसाय दर्ता नै भएका छैनन् ।
उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको भेटिएको छ । मसला राख्ने भाँडा फोहर,भान्छाको भुईँमा पानी जमेर फोहर भेटिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । यसैगरी डस्टविनको उचित प्रयोग नभएको, पकाएका खानेकुरा खुला राख्ने गरिएको, मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको भेटिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको र किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।
त्यस्तै फ्रिज सफाइ नगरी फ्रिजमा अटुन्जेल सामान कोचेर राखिएको, त्यहाँ राखिएको अचार र मसलामा लेवल नराखिएको भेटिएको छ । मसला राख्ने भाँडा, मःम बनाउने टेबल र मेसिन, भाँडा माझ्ने ठाउँ फोहर भेटिएको छ । व्यक्तिगत सामान भान्छामा राखिएको, मूल्य सूची नराखिएको लगायतका कमजोरी अधिकांश मःम पसलमा पाइएको छ । यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् ।
सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको महानगरले जनाएको छ ।