काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा छन् । उनले त्यहाँ समकक्षीदेखि बिभिन्न दलका नेताहरुुँग भेटवार्ता गरीरहेका छन् । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल(चीन संयुक्त वक्तव्य जारी भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनामाथि समीक्षा गर्ने तथा दुई मुलुकबीचको सहमतिको बिन्दू पहिल्याउन दुवै मुलुकले करिब एक महिनाको समय खर्चेका थिए । प्रधानमन्त्रीको भ्रमणमा अन्य एजेन्डालाई थाती राख्दै सम्पूर्ण ध्यान त्यही दस्तावेजलाई अन्तिम रुप दिनमा सरकारले ध्यान लगाएको थियो ।
अन्तिममा नेपालले फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसनको नाममा आफूले हस्ताक्षर गर्न चाहेको दस्तावेज चिनियाँ पक्षलाई पठाएको थियो । त्यो दस्तावेजमा चिनियाँ पक्षले पनि सकारात्मक सन्देश दिएपछि प्रधानमन्त्री ओली उत्साहित भएर चीन भ्रमणमा गएका थिए । तर, सो दस्तावेजमा चीनले संशोधन गरेर मात्रै हस्ताक्षर गर्ने बताएपछि दुई मुलुकबीच त्यसमा सहमति हुन सकेन र मंगलवार त्यसमा हस्ताक्षर भएन । त्यो सम्झौतालाई छोडेरै मंगलवार साँझ दुई मुलुकले संयुक्त बक्तव्य जारी गरेका छन् ।
बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर नभए पनि प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँगका भेटवार्तामा बिआरआईमा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । र, चिनियाँ राष्ट्रपति सीले पनि बिआरआईअन्तर्गत नेपाललाई भूपरिवेष्टितबाट भूजडित अवस्थाको तीव्र रूपान्तरणका लागि सघाउने वचन दिएका छन् । बिआरआई कार्यान्वयनको विषयमा नेपालका प्रमुख दलहरू एक ठाउँ छैनन् भने यो भूराजनीतिक चासोको विषयसमेत बन्दै आएको छ । दुवै पक्ष संयुक्त रूपमा सञ्चालित कार्यक्रम, आयोजना र गतिविधिलाई सम्पन्न गर्ने गरी भएका सम्झौता, सहमति र भएका निर्णयको समयमै र छिटो कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका छन् । चीनद्वारा प्रस्तावित दुई देशबिच सहकार्यका नौ बुँदामा हस्ताक्षर तथा सम्झौता आदानप्रदान भएको छ ।
अरनिको राजमार्ग मर्मत आयोजना, हिल्सा–सिमीकोट परियोजना, काठमाडौं चक्रपथ सडक सुधार आयोजनाको दोस्रो चरण कार्यान्वयन चाँडै संयुक्त रूपमा सुरु गर्ने सहमति भएको छ । स्याफ्रुबेँसी–रसुवागढी राजमार्गमा रहेका अवरोध हटाएर राजमार्ग निर्माण थाल्ने पनि सहमति भएको छ । उत्तर–दक्षिण कोशी, गण्डकी र गण्डकी आर्थिक कोरिडोरसँग सम्बन्धित निर्माण परियोजना अघि बढाउने सहमति भएको छ ।
नेपाल पक्षले थप द्विपक्षीय तथा अन्तर्राष्ट्रिय नाका खोल्न चीनलाई अनुरोध गरेको छ । कोरला मुस्ताङमा चिनियाँ सहयोगमा एकीकृत जाँच चौकी ९आइसिपी० तथा भन्सार क्लियरेन्स डिपोट ९आइसिडी० निर्माणका लागि नेपालले गरेको आग्रहलाई चीनले सकारात्मक रूपमा लिएको उल्लेख छ । रसुवागढी, तातोपानी, हुम्लास्थित यारी र कोरला नाका निर्वाध सञ्चालनमा नेपालले जोड दिएको छ ।
काठमाडौं–केरुङ सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन कार्यलाई थप गति दिने तथा नेपाल–चीन रेल्वे सहकार्यसम्बन्धी कार्यदलको नवौँ बैठक चाँडै आयोजना गर्ने दुवै पक्षको सहमति छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा बजारको मागका आधारमा चिनियाँ सहरहरूमा उडान भर्न हवाई कम्पनीलाई दुवै देशले प्रोत्साहन गर्ने पनि सहमति भएको छ । चिनियाँ सहायतामा केरुङ–रसुवागढी चिलिमे २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन थाल्ने पनि दुवै देशको सहमति छ ।
नेपालले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा दमक, र डडेल्धुराको अमरगढीमा सिटी हल कम्प्लेक्स निर्माणका लागि चीनलाई अनुरोध गरको छ । झापा दमकमा रहेको औद्योगिक पार्कको परियोजना विकास सम्झौता चाँडै गर्ने पनि दुवैले प्रतिबद्धता जनाएका छन् । दुवै पक्षले चीन–नेपाल सीमाको संयुक्त निरीक्षण गर्न र चीन–नेपालबिच सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतालाई चाँडो लागू गर्र्ने सहमति गरेका छन् । सीमा व्यवस्थापन र सहयोगको स्तरलाई माथि उठाउन तीन तहको सीमा सम्पर्क प्रणाली स्थापना गर्ने प्रोटोकलमा परामर्श जारी राख्न पनि दुवै पक्ष सहमत भएका छन् ।
सी र लीलाई नेपाल भ्रमणको निमन्त्रणा
प्रधानमन्त्री ओलीसँग बेइजिङस्थित दिओयुताई राज्य अतिथिगृहमा मंगलबार सीले आधा घण्टा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट चिनियाँ राष्ट्रपति सीलाई आगामी वर्ष नेपाल भ्रमणको निम्ता दिएका छन् भने समकक्षी लीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् । आगामी साल नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष हुनेछ ।
अनुदान र सहायतामा १२ अर्ब
कामु परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपाललाई ५० करोड चिनियाँ युयान ९नौ अर्ब ३० करोड रुपैयाँ० अनुदान घोषणा गरेका छन् । ०७६ मा सी नेपाल आउँदा ५६ अर्ब ९साढे तीन अर्ब आरएमबी० सहायता घोषणा गरेका थिए । यस्तै, नेपाललाई चीनले नगद दुई करोड अमेरिकी डलर ९करिब दुई अर्ब ७० करोड रुपैयाँ० सहायता दिनेसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ ।
नेपाल चीनबिच नौ समझदारी
चीनद्वारा प्रस्तावित दुई देशबिच सहकार्यका नौ बुँदामा हस्ताक्षर तथा सम्झौता आदान–प्रदान भएको छ ।
१। टोखा–छहरे सुरुङ निर्माणसम्बन्धी पत्र आदान–प्रदान
२। नेपाल–चीन व्यापार अभिवृद्धिबारे समझदारी
३। वसन्तपुर नौतले दरबार निर्माण सम्पन्न भएको पत्र आदान–प्रदान
४। भैँसी÷राँगाको प्रशोधित मासु निर्यातसम्बन्धी प्रोटोकल
५। विकास योजनासम्बन्धी समझदारी
६। आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी
७। नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान
८। स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी
९। नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबिच सञ्चार प्रविधिसम्बन्धी समझदारी