पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्। अधिकारीहरूका अनुसार योसँगै झडपमा कुल मृत्युको संख्या १२४ पुगेको छ।
पाकिस्तान सुन्नी बहुल देश हो, यद्यपि अफगानिस्तानको सीमानजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठुलो सिया जनसंख्या छ, दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन्।
गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टअन्तर्गत यात्रा गरिरहेका दुई अलग(अलग सवारीमाथि आक्रमण हुँदा ४० जनाभन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लडाइँ सुरु भएको थियो।
कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउँदै मृतकहरूमा दुईजना सुन्नी र ११ जना सिया समुदायका रहेको उल्लेख गरेका छन्।
पछिल्लो समयमा दुई पक्षबिच विश्वासको गम्भीर अभाव तथा दुवै पक्ष शत्रुता अन्त्य गर्ने सरकारी आदेशको पालना गर्न इच्छुक नरहेको उनले नाम नछाप्ने सर्तमा बताएका छन्।