काठमाडौं । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । असार ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का विभिन्न १५ निर्णयहरु सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले असार १५ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने कार्यक्रममा भाग लिन खानेपानीमन्त्री प्रदीप यादवलाई स्वीकृति प्रदान गरेको छ । त्यसैगरी असार १३ देखि १९ सम्म इटालीको रोममा आयोजना हुने कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र असार १४ देखि जमर्नीको बोनमा आयोजना हुने ३६औंं ‘नेपाल डे’ मा सहभागी हुन महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीलाई स्वीकृपत प्रदान गरिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी नायव निरीक्षकहरु कालिदास धौवजी र कुमार न्यौपानेको पदावधि थप्ने निर्णयसमृेत भएको छ ।