काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान्त सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ ९क्यान० को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत बुधबार लामिछानेले क्यानको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका हुन् । सोचविचार गरेरै क्यानको यसपटकको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेको लामिछानेले लेखेका छन् ।
आफ्नो निर्णय क्रिकेट र नेपाली राष्ट्रिय टोलीबाट टाढिनु नभई व्यक्तिगत र व्यावसायिक विकासको लागि भएको उनले लेखेका छन् आफ्नो पेशागत विकासका लागि पनि उक्त निर्णय लिएको लामिछानेको भनाइ छ । आफू क्रिकेट र त्यस बाहिरको आगामी यात्राको लागि उत्साहित रहेको पनि उनको भनाइ छ । सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताएका छन् ।
राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने लेख्दै उनले नेपालका लागि समर्पित भएर खेलिरहने लेखेका छन् । सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत समूह ‘ए’ मा समावेश थिए । यो समूहमा समावेश खेलाले क्यानबाट मासिक एक लाख रुपैयाँ प्राप्त गर्दै आएका थिए ।