काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्री विष्णु पौडेलले भेटवार्ता गरेका छन् । भेटवार्ता आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ । यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । अर्थमन्त्री पौडेल निरन्तर रुपमा बजेट निर्माणका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरीरहनु भएको छ ।
यता संसदमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल चलीरहँदा अर्थमन्त्री पौडेल बजेटबारे छलफल गर्न ब्यस्थ देखिनु भएको हो । अर्थमन्त्री पौडेलले बजेटको तयारी स्वरुप सत्तारुढ दल र बिपक्षी दलका शिर्ष नेताहरुसँग भृटवार्ता गरीरहनु भएको छ ।