काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्षा मौसम सुरु हुनुअघि नै आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। १६३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन टुकोनले आयोजना गरेको कार्यक्रममा उनले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई भ्रष्टाचारको कारखाना भन्दै व्यवस्था परिवर्तनको आवश्यकता औंल्याए।
“वर्षा मौसम सुरु हुनुअघि हामीले आन्दोलनको वातावरण बनाउनुपर्छ। समान विचार भएका सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नुहुन्न,” थापाले भने। उनले अहिलेको व्यवस्थाले देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको भन्दै उदासीनता, हताशा र निराशा चिर्न राजावादी र हिन्दुवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
थापाले वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउँदै देश र जनताको हितका लागि नयाँ व्यवस्थाको खाँचो रहेको सुनाए। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताएका छन् । बिहीबार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए ।