मोरङ। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे । यता पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा प्रबेश गर्नु भएको र पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले पाि राजनीतिमा सक्रियता देखाईरहेको अवस्थामा प्रचण्डको यस्तो धारणा आएको हो । भण्डारी र पुनको बिषयलाई लिएर एमाले र माओवादीभित्र तर्क उपतर्क भईरहेका छन् ।