काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित बरिस्ठ अधिकृत सम्मेलन २०८२ को समापन गर्नु भएको छ । समारोहमा बोल्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभाबकारी बनाउन सम्मेलन महत्त्वपूर्ण रहेको चर्चा गर्नुहंदै रास्ट्रको सेवाका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षा जस्तो संबेदनसिल कार्यमा उत्कृष्ट योगदान पुर्याएको बताउनुभयो ।
राजश्व चुहावट नियन्त्रण , बिपद् ब्यबस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी वलको महत्वपूर्ण भुमिका र उत्कृष्ट कार्यसम्पादन रहेको उहाँले बताउनुभयो । धेरै ठाउँमा सशस्त्र प्रहरिका युनिट स्थापना गर्न आम नागरिक बाट माग आएको बताउनुहुंदै उहाँले यो नागरिकको बिश्वास बढेको उदाहरण भएको चर्चा गर्नुहुँदै उहाँले सिमित श्रोत साधनले काम गर्नु पर्ने अबस्था रहे पनि यसमा सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट रहेको बताउनुभयो ।संगठन सुधारका लागि मन्त्रालय गम्भीर रहेको र आधारभुत आबश्यकताको ब्यबस्थापन गरिने बताउनु हुँदै मन्त्रालयको तर्फबाट कानुनी, नितिगत मार्गदर्शन हुने बताउनु भयो ।मनसुन शुरु भइसकेकोले तयारी हालतमा रहन जरुरी रहेको समेत उहाँले बताउनु भयो ।सबै प्रदेशमा जोखिमको मुल्यांकन गरेर सोही अनुसार कार्य गर्न सबै बाहिनिपतिहरुलाइ उहाँले निर्देशन दिनुभयो । सुरक्षानिकायको अबश्यकता पूरा गर्न मन्त्रालयले कार्य गरिरहेकोले श्रोत साधनको उपलब्धता मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो ।
गृह सचिब गोकर्णमणि दुवाडिले यो सम्मेलनका छलफल , निचोड लगायतका बिषयमा उठेका कुराहरुमा समन्वय र सहकार्यका लागि मन्त्रालय कृयाशिल रहेको बताउनुभयो । उहाँले संगठन प्रती मन्त्रालयको भरोसा रहेको बताउनुहुंदै अझ प्रभाबकारी कार्य सम्पादनको अपेक्षा मन्त्रालयको रहेको बताउनुभयो । बिपद् ब्यबस्थापनका लागि उपकरण लगायतमा सबै तहको सामुहिक साझेदारी रहेकोमा जोड दिनुभयो ।उहांले संगठनको बृत्तिबिकाशका लागि मन्त्रालयको साथ , सहयोग, समन्वय रहिरहने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक बिषयमा छ्लफल भएको बताउनु भयो । प्रतिबद्धता लाई कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको बताउनुहुंदै उहाँले आम नागरिकको सुरक्षा, बिपद् उद्दार लगायतका कार्यमा थप प्रभावकारी कार्य गरिने बताउनुभयो ।फिल्डमा नतिजामुखी कार्यको लागि मातहतलाई निर्देशन दिनुहुंदै उहाँले राजाश्व संकलनमा थप निर्मम हुन जरुरी रहेको बताउनुभयो । केहि दिन अघि पुर्बी नवलपरासीमा मध्यरातमा गरिएको उद्दार कार्यमा खटिएका नं। ३१ गुल्मका सबै सुरक्षाकर्मिलाइ आन्तरिक रुपमा पुरस्कृत गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा गृह मन्त्रालय नीति योजना अनुगमन तथा मुल्यांकन महाशाखाका सह सचिब आनन्द काफ्लेले राजाश्व चुहावट नियन्त्रण , सशस्त्र प्रहरी बलको भौतिक पुर्बाधार निर्माण तथा श्रोत साधन लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । असार ११ र १२ गते संचालन भएको सम्मेलनमा भौतिक तथा भर्चुअल माध्यमबाट बिबिध बिषयमा छलफल भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु , गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह सचिब रामचन्द्र तिवारी , प्रशासन महाशाखाका सह सचिब छवि रिजाल, सशस्त्र प्रहरी बलका बरिस्ठ अधिकृत तथा भर्चुअल माध्यम बाट प्रदेश स्थित बाहिनी मुख्यालयका बरिस्ठ अधिकृत हरुको समेत उपस्थिति रहेको थियो ।