काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड सहभागी भएका हुन् ।
शीर्ष नेताहरु संसद र समितिको बैठकमा कमैमात्र सहभागी हुने गरेका छन् । बैठकमा प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् । संसद बैठकमै सहभागी नहुने शिर्ष नेताहरु समितिको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।