काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । विहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।
फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत उनले जानकारी दिए । वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको समेत उनले जानकारी दिए ।
आर्थिक-सर्वेक्षण-प्रतिनिधिसभा_उपप्रधानमन्त्री-एवं-अर्थमन्त्री_२०८२-२-१५