काठमाडौँ । गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक नेकपा ९एमाले० ले गणतन्त्रलाई उत्सवका रूपमा मनाउन र्याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ । भृकुटीमण्डप, बागबजार र रत्नपार्क आसपासमा एमाले नेता कार्यकर्ताहरू पुग्न थालेका छन् ।
गणतन्त्र उत्सव र्याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर पुग्नेछ । भृकुटीमण्डपवबाट बृहत र्याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रम रहको छ ।
‘गणतन्त्र उत्सवका र्यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा मनाउन लागिएको हो’, नेकपा ९एमाले० का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘सुरुमा र्याली सुरु भएर भृकुटीमण्डपमा भेला हुन्छौ, वृहत् र्यालीसहित रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र सम्बोधन हुनेछ ।’ एमालेले गणतन्त्रका पक्षहरू शक्तिहरूलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुने अपिल गरेको थियो । गणतन्त्र उत्सवको र्यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाउँदै र्याली गर्ने गरिनेछ ।
नाराहरू ‘गणतन्त्र जिन्दावाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, ‘नेकपा ९एमाले० जिन्दावाद’ भन्ने नारा लगाउँदै र्यालीमा प्रस्तुत हुने तय गरिएको नेकपा ९एमाले० का प्रचार तथा प्रकाशन विभागका प्रमुख गौतमले जानकारी दिए । भृकुटीमण्डपबाट र्याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।