काठमाडौँ । आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कायक्रमका साथ मनाइएको छ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ ।
सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए ।
सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको बिहीबार ७१ औँ वर्ष पूरा भएर ७२ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।
सो अवसरमा नेपाल पर्वतारोहण सङ्घ लगायतका विभिन्न सँगसस्थाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसका छन् ।