काठमाडौं । नेपाल राष्ट्र बैंकको नेतृत्वको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा। विश्व पौडेलको नाम अघि सारेका छन् । पौडेल अहिले गभर्नर सिफारिश समितिका विज्ञ सल्लाहकारको रुपमा छन् । यसअघि देउवाले गभर्नरको लागि राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गरिरहेका डा। गुणाकर भट्टको नाम अघि सारेका थिए ।
तर, उनको राजीनामा स्विकृत नहुँदा अहिलेसम्म नियुक्ती प्रक्रियामा नै सरकार पुग्न सकेको छैन् । डेपुटी गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्विकृत नगर्दा समस्या उत्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्तामा गभर्नर कांग्रेसले अघि सारेको व्यक्ति बनाउनेबारे सहमति भएको बताईन्छ ।
देउवाले पार्टीको पदाधिकारी बैठक राखेरपनि प्रधानमन्त्री ओलीबाट गभर्नरको लागि कुनै समस्या खडा नभएको स्पष्टीकरण दिएका छन् । उनले नै बैठकमा गुणाकरलाई बनाउन प्राविधिक समस्या आएको भन्दै अब नयाँ व्यक्ति अघि सार्नुपर्ने प्रस्ताव गरेका थिए ।
देउवाले नै हिजो ९शनिबार० डा। विश्व पौडेललाई गभर्नरको लागि अघि सार्ने सन्देश बालुवाटारमा प्रवाह गरेका छन् । अब पौडेलले सिफारिश समितिबाट राजीनामा दिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले यही साता गभर्नरको नियुक्ती हुने विश्वास दिलाएका छन् ।