काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ बमोजिम ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
जसअनुसार चीनका लागि नेपाली राजदूत प्राडा कृष्णप्रसाद ओलीलाई मंगोलियाका लागि र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि तथा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई लेबनानका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।