काठमाडौं । काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई प्रहरीले निस्किन नदिएको बताएका थिए । बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको बताएका थिए ।
बिना जैवाल, माननीय दीपक सिंहलगायतका सांसदहरू दलको कार्यालयमा रहेको उनले सुनाए । माननीयहरुलाई भेट्न पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सिंहदरवारभित्रै बिरोध प्रदर्शन गरेपछि उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।